सन २०१९ मा कोभिड महामारीको बेला संक्रमित बिरामीहरुको उपचारको लागि तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे ज्यूको नेतृत्वमा Dedicated कोभिड अस्पताल नाममा स्थापित यस अस्पतालले कोशी प्रदेशकै लागि एउटा महत्वपूर्ण खम्बा सावित भएको थियो। सन् २०१९ देखि २०२४ सम्मको अवधिमा यसले कोभिड संक्रमितहरूको उपचारमा प्रदेशकै हब वा उच्च केन्द्र विन्दुको रूपमा काम गर्यो। ५० शैयाको सघन उपचार कक्ष (ICU) सहितको सुविधाले गर्दा गम्भीर अवस्थाका बिरामीहरूले आफ्नै प्रदेशमा गुणस्तरीय सेवा पाउन सफल भए। महामारीको बेला सरकारी स्तरबाट यस्तो व्यवस्थित अस्पताल सञ्चालनमा आउनुले नागरिकहरूमा ठूलो भरोसा दिलाएको थियो। महामारीको चाप घटेपछि यस अस्पताललाई अस्थायी रूपमा संक्रामक रोग तथा उपचार केन्द्र (Tropical Hospital) को रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाइएको थियो। यसको मुख्य उद्देश्य कोभिड मात्र नभई डेंगु, कालाजार, र हैजा जस्ता अन्य सरुवा रोगहरूको विशिष्ट उपचार सेवा प्रदान गर्ने उदेश्य थियो | कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय २०८०/१०/०८ गते निर्णयनुसार यस अस्पताललाई प्रदेशस्तरीय विशिष्टीकृत सेवा सहितको मुटुरोग उपचार केन्द्रको रुपमा विकाश उदेश्यका साथ शैलजा आचार्य हृदय केन्द्रको रुपमा स्थापना गरियो| कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय २०८२/०७/१९ गते बाट यस अस्पताललाई बहु विशेषज्ञ सेवा सहित यस अस्पताल शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय केन्द्रको रुपमा स्थापना गरि सेवा संचालनमा ल्याएको छ |